सांकेतिक तस्बिर
२८ माघ, काठमाडौं । गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो। भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ गरिएको उनले जानकारी दिए। यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिए।
यसैगरी अनुसन्धानको क्रममा गैँडा मारी खाग चोरी शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन्। विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ। सोही गिरोहका लमजुङ बेँशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो। मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौं गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडौंको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही...
२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...
२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...
२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...
२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...
२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...
१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर...
१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध...
१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको...
१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...
१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तिपुलमा एक घण्टादेखि सडक अवरुद्ध भएको छ ।...
१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८...
१८ फागुन,हेटौंडा । नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने...
१२ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–४ कर्रामा भएको दुर्घटनामा एक जना गम्भिर घाइते भएका...