२९ माघ, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ ।
नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट फर्किएका तीन जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता कोरोनाभाइरसको नयाँ प्रकारबाट संक्रमित भएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छैन् ।
प्रारम्भिक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी संक्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने पाइएको छ । सीएनएनका अनुसार पछिल्लो साता कोरोनाभाइरसको नयाँ प्रकार सङ्क्रमित बिरामी थप छ राष्ट्रमा पुष्टि भएको छ ।
गत् डिसेम्बर १४ मा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत सङ्क्रमितमा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएकोमा गत् सोमबारसम्म उक्त सङ्क्रमितको ९० प्रतिशत नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका थप दुई प्रकार तीब्र रुपमा फैलिरहेको जनाउँदै उक्त नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जनाएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ । बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको हो । नयाँ दुबै प्रकारको भाइरसबाट सङ्क्रमितको पहिचान नेपालमा भइसकेको छैन् ।
गत् सोमबारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोनाभाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले उल्लेख गरेको छ ।
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















