Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाकी पत्रकार रिजाल लेखनबृत्तिबाट सम्मानित

EuMJ0nDUUAEJzOu-1613355975.jpg

३ फागुन, हेटौंडा । ट्रान्सपरेन्सि इन्टरनेशनलको लेखनवृत्तिबाट हेटौंडाकी पत्रकार सम्झना रिजाल सम्मानित भएकी छन् ।
हेटौंडाबाट प्रकाशित हुँदै आएको प्रदेश दैनिक पत्रिका र रेडियो मकवानपुरमा कार्यरत रिजाल ट्रान्सपरेन्सि इन्टरनेशनलको लेखनवृत्तिबाट सम्मानित भएकी हुन् । 
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्वन्धमा समाचार सामग्री प्रवाह गरिरहेका पत्रकारहरुलाई आइतबार काठमाडौंमा लेखनवृत्ति सम्मान प्रदान गरिएको हो । 
रिजाल मकवानपुरबाट उक्त लेखन वृत्ति सम्मानका लागि छनौट भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सम्मान प्रदान गरेका थिए । 
लेखनबृत्तिबाट रिजालसँगै सिन्धुलका राजकुमार कार्की, धादिङका नवराज छत्कुली, दोलाखाका उषा तामाङ, गोरखाका भिमलाल श्रेष्ठ, रसुवाका अनुकुमारी आचार्य सम्मानित भएका छन् । 
यसैगरी सिन्धुपाल्चोकका दुर्गा आचार्य, नुवाकोटका शर्मिला उप्रेती, ओखलढुंगका शिवप्रसाद ढुंगाना, काभ्रेबाट मोतीरामा तिमल्सिना, रामेछापबाट जानुका पौडेल, ललितपुरबाट रामहरी कार्की, भक्तपुरबाट सम्झना पौडेल र काठमाडौंबाट विद्या राई सम्मानि भएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भूकम्प पछिको पुननिर्माणको  क्षेत्रमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार