Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

पाकिस्तानको केटू हिमाल आरोहणका क्रममा ३ को मृत्यु 

k2_image-1613705196.jpg

google

७ फागुन, हेटौंडा । पाकिस्तान सरकारले विश्वको दोस्रो अग्लो हिमाल के टु आरोहण गर्ने तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ । 
यसै महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले मृत घोषणा गरिएको हो । संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएको त्यहाँको सरकारले जनाएको छ । 
खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजीकार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उध्रित गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन् ।
यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन् । ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरिसकेको छ । सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

थप समाचार