८ फागुन, हेटौंडा । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा शुक्रबार पनि निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो ।
एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा रह्यो । जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अंक जोड्यो ।
लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो । उपाधिसंगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ उपविजेता आर्मीले ८ लाख रुपैयाँमा चित्त बुझायो ।
यस्तै तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।
महिला लिग अन्तर्गत शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई १०–० ले हराउँदै लिगमा सुखद अन्त्य गरेको छ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्दै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् । मिडफिल्डर सरुले लिगमा ६ गोल गरेकी थिइन् ।
यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







