Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन मकवानपुरको ४ दिनेबजार विश्लेषण र विकास तालिम सम्पन्न

FB_IMG_1613916927631-1613917174.jpg

फोटो:भिमसेन पौडेल

९ फागुन,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)मकवानपुरको आयोजनामा हेटौंडामा जारी ४  दिने बजार विश्लेषण र विकास तालिम आज सम्पन्न भएको छ।  

वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन गर्दै तालिमको आज समापन गरिएको हो । मकवानपुरले आयोजना गरेको तालिममा उद्यम संचालन भएका १० सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको थियो। 

त्यसैगरी सम्पन्न कार्यक्रम मार्फत पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहका विष्णु राईको संयोजकत्वमा वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल समिति गठन गरिएको छ। गठित  ९ सदस्यीय समितिको सह–संयोजकमा न्यूरेनी चिसापानी सामुदायिक वनकी कमला पोखरेल,सचिवमा मनकामना वन उपभोक्ता समूहका होमबहादुर मोक्तान, कोषाध्यक्षमा भैरवडाँडाकी पार्वती खतिवडा रहेका छन् । समितिको सदस्यहरूमा सामुदायिक वन उपभोक्ता समूह सुन्दरकी लिलाकुमारी अर्याल, बनस्खण्डीकी मञ्जु नेपाल, सालघारीका मानबहादुर घलान, बुङ्दलकी संगिता घिमिरे चयन गरिएको छ ।चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको एकजना सदस्य पछि थप गरिने बताईएको छ ।

तालिमको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक, वन तथा कृषि सहज कार्यक्रम संयोजक जनक आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य आरती पाठक, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नुरप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ वागमति प्रदेशका सचिवालय सदस्य रामहरी चौलागाईले सहजिकरण गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य एवं हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष एवं मकवानपुरगढीका अध्यक्ष बलराम पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, तालिममा सहभागीका तर्फबाट चन्द्रप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार