Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लैंगिक समानताको हिसाबले बजेट तयार गर्ने प्रतिबद्धता

IMG_5443-1501638104.JPG

१८ साउन, हेटौँडा । मकवानपुरका सरकारी र गैरसरकारी संस्थाहरुले आफ्नो संस्थामा लंैगिक समानताको हिसाबले बजेट तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिस्वपरिदृष्य वकालत मन्च मकवानपुर र सीसी एस ईटालिको आयोजनामा युरोपियन युनियनको आर्थिक सहयोगमा मंगलबार हेटौडामा सम्पन्न भएको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरका अधिकृत शान्ति बिस्वकर्मा, अन्तरपार्टी महिला संजालका सिता डल्लाकोटी, अर्का सहभागि केदार आचार्यले सबै संघसंस्थामा महिला तथा बालबालिका मैत्रि बजेट तयार हुनुपर्नेमा जोड दिए ।
महिला ससक्तिकरण परियोजना अन्तरगत स्थानिय नागरिक समाजका संगठनहरुलाई लैगिक समानता तथा सामाजिक समाबेसीकरण लेखा प्रशिक्षण सम्बन्धी दुईदिने तालिमको समापनका अबसरमा अन्य सहभागिहरुले पनि कुनैपनि संघसंस्थामा लैगिक मैत्रि बजेट तयार हुनुपर्ने बताएका छन् । बिस्वपरिदृष्य वकालत मन्च मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बिभीन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कुनैपनि संस्थाको संस्थगत निति तथा योजनामा लैगिक मुलप्रबाहिकरण गर्नका लागि स्थानिय नागरिक समाजका संगठनहरुको सिप र क्षमता बृद्धिबिकाश गर्न तालिम दिइएको हो । तालिम पछी आफ्ना संघसंस्थामा लैगिक बजेट उत्तरदायी तथा सामाजिक समाबेसी बजेट तर्जुमा गर्नका लागि यसले सहयोग पुग्ने बिस्वपरिदृष्य वकालत मन्च मकवानपुरको महिला शान्ति र सुरक्षा समन्वय अधिकृत श्रद्धा ढुंगानाले बताइन । यसबाट सामाजिक समाबेसी बजेट लेखाजोखा बिधी र यसका सुचकहरुको प्रयोग गर्न सक्ने र योजना र बजेटको छनौट गर्दा लैगिक तथा सामाजिक समाबेस परिक्षण गरेर मात्र तयार गर्नका लागि मद्दत पुग्ने उनको भनाई थियो ।
प्रशिक्षक निता गुरुङ सहजिकरण गरेको तालिममा लैगिक अबधारणा, लैगिक समानता, समता र समाबेसीकरण, लैगिक लेखा परिक्षणको बिधी, लेखापरिक्षणका चरणहरु लगायतका बिषयमा जानकारी गराइएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार