Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्थानीय तह मकवानपुर गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट हुने

153241276_419540655806238-1613998254.jpg

१० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरले तेस्रो संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गर्दै तयारीको बिषयमा जानकारी दिएको हो । 
यस बर्षबाट पुरस्कार राशीमा समेत बृद्धि गरिएको प्रतियोगितालाई जिल्लाका १० वटै स्थानीय तहले प्रायोजन गरेका छन् । यस बर्षबाट प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने भएका छन् । 
यसअघि विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद २५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको छ । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा फागुन २७ गतेदेखि सुरु हुने प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागी हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख र जिल्लाका ८ वटा गाउँपालिकाले ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । 
जिल्ला फुटबल संघका अध्यक्ष टिकारामा लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्यहरु माधव तिमल्सिना र कल्पना शर्मा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष एवम प्रतियोगिता संयोजक प्रताप विष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल खुसराज, अखिल नेपाल फुटबल संघका पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार