Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पेसी 

supreme-court.width-1024-1614052667.jpg

११ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पेसी तोकिएको छ ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको उक्त मुद्दामा अब फैसलाको प्रतिक्षा छ । पछिल्लो समय सर्वाधिक चासोका साथ हेरिएको सो मुद्दामा रिट निवेदक र विपक्षी दुवैतर्फका वकिलको बहस सकिएको छ । 
अदालतले यो मुद्दामा एमिकस क्युरी बोलाएकामा उनीहरुले पनि आफ्नो राय दिइसकेका छन् । दुवैतर्फका वकिलको बहस र एमिकस क्युरीको राय सकिएपछि संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा जाने भएको छ । 
संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजोसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो । 
संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो । त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार