१८ साउन, हेटौँडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामाले मकवानपुरले आफुलाई राम्रो पहिचान दिएको भन्दै मकवानपुरबासीलाई धन्यवाद दिएका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भई सरुवा हुन लागेका उपरीक्षक लामाले बुधबार पत्रकारहरुसँग विदाई भेट गर्दै आफ्नो ८ महिने कार्यकालमा राम्रो सहयोग गरेको भन्दै जिल्लाबासीलाई धन्यवाद दिएका हुन् । पत्रकार सम्मेलनमा लामाले आफ्नो २३ बर्षे जागिरे जीवनमा मकवानपुरमै रहँदा विभुषण पाउनु, यसअघि पटक पटक नपरेपनि मकवानपुरमै रहँदा बढुवा हुनु जस्ता कारण मकवानपुरको कार्यकाल जीवनमा स्मरणीय रहने बताए ।
उनले मकवानपुरमा रहँदा लागुऔषध नियन्त्रण लगायतका क्षेत्रमा जोड दिएका काम गरेको भन्दै केही काम सडक विस्तार र निर्वाचनमा केन्द्रीत हुनुपर्दा गर्न नसकेको भन्दै आफुले तयार पारेको कार्ययोजना अनुसार नयाँ प्रहरी प्रमुखले काम गर्ने विश्वास व्यक्त गरे ।
मकवानपुरका प्रमुख ३ समस्या
लामाले छोटो कार्यकालमा जिल्लामा प्रमुख तीन समस्या देखेको बताए । उनका अनुसार मकवानपुरको मूख्य समस्या लागुऔषध नै हो । उत्पादन, ओसारपसार र सेवनका दृष्टिकोणले लागुऔषध मकवानपुरको मूख्य समस्या रहेको उनको भनाई छ । हेटौँडा बाहिरबाट जति सुन्दर देखिन्छ, लागुऔषधले त्यति नै प्रभावित छ ।
लामाले सवारी दुर्घटनालाई पनि अर्को प्रमुख समस्याका रुपमा औल्याएका छन् । प्रत्येक दिन हुने दुर्घटना अर्को समस्या हो । ट्राफिक नियम पालनामा वेवास्ता, सवारी चाप बढि हुनु, साँघुरो सडक र सडकको जिर्ण अवस्था दुर्घटनाका कारण रहेको उनको भनाई छ । एसपी लामाले औल्याएका मकवानपुरको अर्को समस्या आत्महत्या रहेको छ । उनले यसका लागि सबैले सचेतनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक मधु थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतको सहभागिता रहेको थियो । लामा २०७३ मंसिर १३ गते मकवानपुर सरुवा भई आएका थिए ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















