Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एसपी लामाले भने–‘मकवानपुरबासीलाई धन्यवाद’

औल्याए मकवानपुरका प्रमुख ३ समस्या

SP-1501674992.jpg

१८ साउन, हेटौँडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामाले मकवानपुरले आफुलाई राम्रो पहिचान दिएको भन्दै मकवानपुरबासीलाई धन्यवाद दिएका छन् ।

प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भई सरुवा हुन लागेका उपरीक्षक लामाले बुधबार पत्रकारहरुसँग विदाई भेट गर्दै आफ्नो ८ महिने कार्यकालमा राम्रो सहयोग गरेको भन्दै जिल्लाबासीलाई धन्यवाद दिएका हुन् । पत्रकार सम्मेलनमा लामाले आफ्नो २३ बर्षे जागिरे जीवनमा मकवानपुरमै रहँदा विभुषण पाउनु, यसअघि पटक पटक नपरेपनि मकवानपुरमै रहँदा बढुवा हुनु जस्ता कारण मकवानपुरको कार्यकाल जीवनमा स्मरणीय रहने बताए ।

उनले मकवानपुरमा रहँदा लागुऔषध नियन्त्रण लगायतका क्षेत्रमा जोड दिएका काम गरेको भन्दै केही काम सडक विस्तार र निर्वाचनमा केन्द्रीत हुनुपर्दा गर्न नसकेको भन्दै आफुले तयार पारेको कार्ययोजना अनुसार नयाँ प्रहरी प्रमुखले काम गर्ने विश्वास व्यक्त गरे । 
मकवानपुरका प्रमुख ३ समस्या
लामाले छोटो कार्यकालमा जिल्लामा प्रमुख तीन समस्या देखेको बताए । उनका अनुसार मकवानपुरको मूख्य समस्या लागुऔषध नै हो । उत्पादन, ओसारपसार र सेवनका दृष्टिकोणले लागुऔषध मकवानपुरको मूख्य समस्या रहेको उनको भनाई छ । हेटौँडा बाहिरबाट जति सुन्दर देखिन्छ, लागुऔषधले त्यति नै प्रभावित छ ।

लामाले सवारी दुर्घटनालाई पनि अर्को प्रमुख समस्याका रुपमा औल्याएका छन् । प्रत्येक दिन हुने दुर्घटना अर्को समस्या हो । ट्राफिक नियम पालनामा वेवास्ता, सवारी चाप बढि हुनु, साँघुरो सडक र सडकको जिर्ण अवस्था दुर्घटनाका कारण रहेको उनको भनाई छ । एसपी लामाले औल्याएका मकवानपुरको अर्को समस्या आत्महत्या रहेको छ । उनले यसका लागि सबैले सचेतनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक मधु थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतको सहभागिता रहेको थियो । लामा २०७३ मंसिर १३ गते मकवानपुर सरुवा भई आएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार