१३ फागुन, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेको गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा २० जनाको रक्तचाप जाँच, १० जनाको निमोनिया जाँच, ६२ जनाको छाला रोगको जाँच, ८७ जनाको पाठेघर जाँच, ८ जनालाई इम्प्लान्ट र १४ जनालाई आइयुसिडी सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । कार्यक्रममा २ जना अपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण र एकजना अपाङ्गलाई ह्वीचियर सहयोग गरिएको थियो ।
गाउँपालिकाका डाक्टर धनबहादुर खत्रीसहित हेटौंडा र चितवनको स्वास्थ्यकर्मीको टोलीले विकट गाउँमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा स्वास्थ्य जाँच गर्नेलाई गाउँपालिकाले निशुल्क औषधिसमेत वितरण गरेको हो ।
जटिल बिरामी देखिएकाहरुलाई गाउँपालिकाले नै खर्चको व्यवस्थापन गरी अन्यत्र उपचार गर्न पठाउने व्यवस्थासमेत गरिएको गाउँपलिका अध्यक्ष राजकुमार मल्लले बताए । शिविरमा पाठेघर जाँच, यौनरोग उपचार, ब्लड प्रेसर, सुगर तथा खकार परीक्षणलगायतको सेवा उपलब्ध गराइएको थियो । परिवार नियोजन सेवाअन्तर्गत आइयुसिडी इम्प्लान्टसमेत वितरण गरिएको थियो ।
अपाङ्गता भएकाहरुलाई गाउँमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै साहायक सामाग्रीसमेत वितरण गरिएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले गत फागुन ६ गतेबाट प्रत्येक वडामा सुरु गरेको निशुल्क स्वास्थ्य शिविर २५ गते सम्म गाउँपालिकाका विभिन्न वडा र स्थानमा आवस्यकता अनुसार सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य संयोजक कापरीले बताए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













