Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

गरिव, दलित, जनजाति र जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति कोष स्थापना

Help-1614407123.jpg

१५ फागुन, हेटौडा । हेटौडा–६ चौघडाका भीमसेन पौडेलले आफ्नी दिवंगत श्रीमतीको नाममा अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय श्रीमती दुर्गादेवी पौडेलको नाममा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । 
अक्षय कोषबाट प्राप्त हुने व्याजको रकम प्रत्येक वर्ष पुस १२ गतेका दिन नवज्योति मावि नागस्वती, बंशगोपाल मावि चौघडा र दिव्यज्योति आधारभूत विद्यालय चुच्चेखोलामा अध्ययन गर्ने गरिव, दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने जनाईएको छ ।  
मृतकको काजक्रिया गर्न मकवानपुर नमूना प्रगति सहकारीले ३० हजार, हेटौडा सहकारीले २८ हजार, सिर्जना टोल विकासले १२ हजार, जनकल्याण सहकारीले १० हजार, शान्तिटोल विकास संस्थाले ८ हजार, कामधेनु सहकारीले ७ हजार, रक्षादेवी बचत समूहले ५ हजार, नौलो बिहानी कृषि सहकारीले ५ हजार, नारीचेतना सहकारीले ५ हजार उपलव्ध गराएकोमा सोहि रकमबाट अक्षय कोष निर्माण गरिएको हो । 
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रकम हस्तान्तरण गरिएको थियो । 
कार्यक्रममा जनकल्याण सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, सल्लाहकार बद्रीबहादुर पाठक, हेटौडा सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

थप समाचार