१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागेका हुन।
जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी,प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन् ।
फागुन १७ गतेदेखि २२ गतेसम्म काठमाडौंमा सञ्चालन हुने प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमानको स्मृतिमा आयोजित प्रतियोगितामा मकवानपुरबाट अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा, महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० के.जी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको लागि हेटौंडा ५ निवासी माधवकुमार न्यौपानेले आफ्नो पिता स्वर्गीय हरिप्रसाद न्यौपानेको स्मृतिमा खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ, सानोपोखरा निवासी तथा खेलकुदप्रेमी विनोद महतले यातायात खर्च १० हजार रुपैयाँ,पूर्व कराते खेलाडी प्रकाश श्रेष्ठले खाजा खर्चको लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।खेलाडी बिदाई कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक सुशिल घिमिरे, जिल्ला बक्सिङ संघ मकवानपुरका सदस्य रोशिक श्रेष्ठलगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







