१८ फागुन, हेटौंडा । यही फागुन १९ गतेबाट हेटौंडा जेसीजको जेसीज सप्ताह हुने भएको छ । २२ गतेसम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
१९ गते हेटौंडा माउन्टेन बाइक च्याम्पियनसिप गरी जेसीज सप्ताहको सुरुवात हुनेछ । वनस्खण्डीमा राष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सोही दिन दिउँसो अम्बिकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता हुनेछ । उच्च माध्यामिक तहस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
२० गते स्लो मोटरसाइकल चलाउने प्रतिस्पर्धा हुनेछ । विजयीहरुलाई पुरस्कारको व्यवस्था रहेको हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिए । सोही दिन दिउँसो अन्तर जेसीज वक्तृत्वकला हुनेछ ।
२१ गते हेटौंडा–१५ स्थित चिप्लेटीमा शैक्षिक सामग्री वितरण, २२ गते बिहान रक्तदान कार्यक्रम र दिउँसो जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण समारोह हुनेछ । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक पंकजदास बनियाँ रहेका छन् भने सहमूल कार्यक्रम संयोजक सुजन ढुंगाना रहेका छन् ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













