२० साउन, हेटौँडा । ब्राजिलियन स्टार फुटबल खेलाडी नेइमार विश्वकै सर्वाधिक महँगो खेलाडी बनेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले उनलाई २ सय २२ मिलियन युरोमा अनुबंध गरेपछि नेइमार सर्वाधिक मंहगा खेलाडी बनेका हुन् ।
केही दिन यता चर्चामा रहेको नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो ।
यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्च गरेको थियो । तर यसपटक पिएसजीले नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दाले बढी हो । नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो पाउँने भएका छन् ।
पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने भएकोे छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ । (एजेन्सी)
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







