Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट

unnamed-1614730974.jpg

१९ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृती राष्ट्रिय  प्रतिष्ठानको आयोजनामा नगर महिला तथा पुरुष भलिवल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । 
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने केशवलाल श्रेष्ठ स्मृती प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । उपमहानगरपालिकाको १९ वटा वडा मध्ये १३ वडाका पुरुष र १० वडाका महिलाहरुले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । 
प्रतियोगिताको महिला र पुरुषका विजेता समूहले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कृष्ठ हुने खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 
२०७२ सालको विनाशकारी महाभूकम्पमा परि भलिवलका प्रशिक्षक केशवलाल श्रेष्ठको निधन भएको थियो । भूकम्पमा निधन भएका श्रेष्ठको सम्झनामा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको भलिवलको यो तेश्रो संस्करण हो । 
श्रेष्ठको भलिवल प्रतिको योगदानलाई जिवन्त राख्न, खेलाडी उत्पादन गर्न, खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । 
लिग कम नकआउटकोे आधारमा सञ्चालन हुने प्रतियोगिता २२ गतेसम्मे चल्नेछ । प्रतियोगिताको उद्घाटन खेल महिलातर्फ वडा नम्बर ५ र ६ वडा नम्बर को बीचमा हुने र पुरुष तर्फको पहिलो खेल वडा नम्बर १९ र वडा नम्बर ३ को बीचमा हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार