२० फागुन, हेटौंडा । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुप्रचौरमा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको १० र १८ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलबाट १० ले ४ लाई र १८ ले १५ लाई हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा १० ले ४ लाई २–० गोल अन्तरले हराएको हो । १० नम्बरको तर्फबाट छैठौं मिनेटमा माजन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सूर्यमान लामाले गोल थप्दै अग्रता दोब्बर पारेका थिए ।
यस्तै दोस्रो खेलमा १५ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर १८ ले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । १८ का कृष्णबहादुर गुरागाइँले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा १५ नम्बरका खेलाडीले आफ्नै पोष्टमा गोल गरेपछि १८ ले अग्रता दोब्बर बनाएको थियो ।
वडा नम्बर १५ का ऋषिराम मोक्तानले ४३ औं मिनेटमा एक गोल फर्काएपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा १८ नम्बर वडाका डिफेन्डर अनिष रोक्का म्यान अफ द म्याच भए ।
बिहीबार पहिलो खेल ५ र ६ नम्बर वडाको बीचमा हुनेछ भने दोस्रो खेल ११ र १३ नम्बर वडाको बीचमा हुनेछ । २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







