२० साउन, हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य लालबाबु यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएको बताएका छन् ।
प्रेस चौतारी र एफईएसले शुक्रबार हेटौँडामा गरेको ‘लोकतन्त्रको सशक्तिकरणमा सञ्चारक्षेत्रको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएकाले यसको सशक्तिकरणमा पनि उसको मूख्य भूमिका रहने बताए । उनले शान्ति र विकासका लागि संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । उनले सञ्चार क्षेत्रको भुमिका गलत हुँदा समाजमा विग्रह र द्वन्द उत्पन्न हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रचार विभाग प्रमुख विष्णु रिजाल, जिल्ला अध्यक्ष मुनु सिग्देल, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, चौतारीका केन्द्रीय उपाध्यक्ष विष्णुमणी सुवेदी, बानका केन्द्रीय कोषाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, एफईएसका चन्द्रदेव भट्ट, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक प्रताप विष्टले लोकतन्त्रको सशक्तिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको थियो ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















