Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘लोकतन्त्रको आधारशिला संचार’

Chch-1501851952.jpg

२० साउन, हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य लालबाबु यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएको बताएका छन् । 
प्रेस चौतारी र एफईएसले शुक्रबार हेटौँडामा गरेको ‘लोकतन्त्रको सशक्तिकरणमा सञ्चारक्षेत्रको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएकाले यसको सशक्तिकरणमा पनि उसको मूख्य भूमिका रहने बताए । उनले शान्ति र विकासका लागि संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । उनले सञ्चार क्षेत्रको भुमिका गलत हुँदा समाजमा विग्रह र द्वन्द उत्पन्न हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए । 
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रचार विभाग प्रमुख विष्णु रिजाल, जिल्ला अध्यक्ष मुनु सिग्देल, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, चौतारीका केन्द्रीय उपाध्यक्ष विष्णुमणी सुवेदी, बानका केन्द्रीय कोषाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, एफईएसका चन्द्रदेव भट्ट, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा कार्यक्रम संयोजक प्रताप विष्टले लोकतन्त्रको सशक्तिकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार