Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मातृभूमिले भाषा, साहित्य र पत्रकारिता क्षेत्रका १५ श्रष्टालाई सम्मान गर्दै

matribhumi_sahitya-1614990256.jpg

२२ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले यही फागुन २८ र २९ गर्ने विशेष कार्यक्रमकाविच यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको छ । बर्षेनी भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कृत गर्दै आएको मातृभूमिले शुक्रबार पत्रकार सम्मेलन मार्फत यस वर्ष प्रदान गरिने १५ वटा पुरस्कार सार्वजनिक गरेको हो । 
भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् सर्वद्धनहो हेतुले स्थापना गरिएको मातृभूमिले बर्षेनी प्रदान गरिँदै आएको पुरस्कारलाई निरन्तरता दिइएको जनाएको छ । मातृभूमिका अध्यक्ष माधव पोख्रेलका अनुसार यसवर्षको ‘मातृभूमि राष्ट्रिय पुरस्कार–२०७७’ नगद २५ हजारसहित नाटककार सुनिल पोखरेल निशा शर्मा पोखरेल काठमाडौंलाई प्रदान गरिने भएको छ । यस्तै १५ हजार राशीको ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७५’ गजलकार पुष्प अधिकारी चितवन र २०७६ मिथिला नाट्यकला परिषद् जनकपुरलाई प्रदान गरिने भएको छ ।
समाजले २० हजार राशीको ‘नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार–२०७६’ बाबु क्षेत्री मकवानपुरलाई, १५ हजार राशीको ‘श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७६’ बरिष्ठ समाजसेवी राजकुमार सिधी वीरगंजलाई, ११ हजार राशीको ‘होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान–२०७७’ साहित्यकार केशवराज आमोदी चितवनलाई, २१ हजार राशीको ‘मायादेवी–मातृभूमि पुरस्कार–२०७७’ बालकथाकार कवि अनुराधा शर्मा काठमाडौंलाई, १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७६’ प्रा.डा. नारायणप्रसाद खनाल चितवनलाई प्रदान गरिने मातृभूमिले जनाएको छ ।
यसैगरी १५ हजार राशीको ‘शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार–२०७७’ सुवर्णबहादुर थापा इटहरीलाई, १० हजार राशीको ‘हातेमालो–मातृभूमि युवा र्सिजनशिल साहित्य सम्मान–२०७७’ साहित्यकार सुवास खनाल मकवानपुरलाई, १५ हजार राशीको ‘क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान–२०७७’ साहित्यकार कवि डा.गणेश पौडेल मकवानपुरलाई, १५ हजार राशीको ‘राजकुमार स्मृति–मातृभूमि सम्मान–२०७७’ साहित्यकार कृष्ण बिक्रम राणालाई प्रदान गरिने भएको छ । 
यस्तै गोहाटी आसाम भारतलाई, ७ हजार ५ सय राशीको ‘केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार सुवर्णलाल श्रेष्ठ मकवानपुरलाई, ७ हजार ५ सय एक राशीको ‘झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष–मातृभूमि सम्मान–२०७७’ बिसु लामा हेटौंडा–११ मकवानपुरलाई र ७ हजार ५ सय राशीको ‘मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान–२०७७’ अमर मावि हेटौंडामा कक्षा १० मा अध्ययनरत दिव्या चौलागाईंलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार