भीमसेन पौडेल
२२फागुन, हेटौडा । हेटौडा–१७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः नवराज न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन भएका छन । समितिको शनिवार सम्पन्न भएको छैठौं वार्षिक साधारणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा कृष्णप्रसाद पराजुली, कोषाध्यक्षमा कमला श्रेष्ठ र सहसचिवमा रच्युत देवकोटा चयन भएका छन । सदस्यहरुमा उर्मिला धमला,दामोदर दाहाल,लक्ष्मी पुडासैनी र सीतु श्रेष्ठ रहेका छन ।
साधारणसभामा समितिका अध्यक्ष नवराज न्यौपानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष कमला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नयाँ कार्यसमिती निर्माण गर्न भेलाले उदय विडारीको संयोजकत्वमा भीमसेन पौडेल,भागवत अगस्ती, श्यामलाल श्रेष्ठ र पूजा दाहाल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष न्यौपानेका अध्यक्षतामा भेला भएको थियो ।भेलामा हेटौडा–१७ का वडा सदस्य भीमबहादुर अधिकारी, टिकाप्रसाद तिमल्सिना, बाँसको धारा खोपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिवराम तिमल्सिना, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, समितिका सल्लाहकार अर्जुनप्रसाद देवकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समितिले १ सय ९३ वटा सशुल्क र ३ वटा धारा सार्वजनिक स्थानमा निःशुल्क वितरण गरेको समितिले जनाएको छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









