Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्थानिय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबट सुरु हुँदै

FB_IMG_1615193930986-1615-1615422237.jpg

२७ फागुन, हेटौंडा । स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करण आज (बिहिबार)बाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)को खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिएका छन् ।
आज हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिगल हेटौंडा रिर्सोट मकवानपुर–११ र नव जनजागृति युवा क्लब सिमराबीच हुनेछ । प्रतियोगितामा एउटा विदेशी क्लब सहित १० टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विष्टले जानकारी दिए । 
प्रतियोगितामा तीन वटा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल नेपाल सहति मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । 
यस्तै प्रतियोगितमा बागमती युवा क्लब सर्लाही र विदेशी क्लबको रुपमा अफ्रिकन रुट्स एसेसिएसन (अरास) क्यामरुनको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार एवम् हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार