२९ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट यसबर्ष साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल पुरस्कृत भएका छन् ।
२०५९ देखि महालक्ष्मी विकास बैंकले निरन्तर प्रायोजन गर्दै आएको ५१ हजार नगद राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ यसबर्ष लम्साललाई प्रदान गरिएको हो ।
धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । रेडियो नेपालका समचार प्रमुख समचार प्रमुख समेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाब्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित रहेका छन् ।
यसैगरी कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरे कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा कवि दिनेश शर्माद्वारा लिखित कबिता संग्रह एउटा मृत्यु यो पनिको विमोचन समेत गरिएको थियो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा उच्चादालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश शेषराज अधिकारीको प्रमुख आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा माहालक्ष्मी बिकास बैंकका सहायक कार्यकारी अधिकृत डलककुमार अधिकारी, साहित्यकार तुल्सी थापा, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोबिन्द बैध, बैंकका हेटौंडा शाखा प्रमुख शम्भु पराजुली, समाजका पूर्व अध्यक्ष ह्यग्रिव आचार्य, राजिव पहाडी हेमन्त ढुङ्गेल, कृष्णप्रसाद दाहाल लगाएत मकवानपुरका क्रियाशिल साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















