Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

महालक्ष्मी साहित्य पुरस्कारद्वारा सहित्यकार डा. लम्साल पुरस्कृत

6-1615637013.jpg

२९ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट यसबर्ष साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल पुरस्कृत भएका छन् ।
२०५९ देखि महालक्ष्मी विकास बैंकले निरन्तर प्रायोजन गर्दै आएको ५१ हजार नगद राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ यसबर्ष लम्साललाई प्रदान गरिएको हो ।
धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । रेडियो नेपालका समचार प्रमुख समचार प्रमुख समेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाब्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित रहेका छन् ।
यसैगरी कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरे कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा कवि दिनेश शर्माद्वारा लिखित कबिता संग्रह एउटा मृत्यु यो पनिको विमोचन समेत गरिएको थियो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा उच्चादालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश शेषराज अधिकारीको प्रमुख आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा माहालक्ष्मी बिकास बैंकका सहायक कार्यकारी अधिकृत डलककुमार अधिकारी, साहित्यकार तुल्सी थापा, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोबिन्द बैध, बैंकका हेटौंडा शाखा प्रमुख शम्भु पराजुली, समाजका पूर्व अध्यक्ष ह्यग्रिव आचार्य, राजिव पहाडी हेमन्त ढुङ्गेल, कृष्णप्रसाद दाहाल लगाएत मकवानपुरका क्रियाशिल साहित्यकारहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार