Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

शहीद स्मृति गोल्डकपः आयोजक मकवानपुर ११ र आर्मीबिच शनिवार फाइनल भिडन्त

उपाधि उचाल्ने दुबै टिमको दावी

qqqq-1616158399.jpg

६ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी भोली शनिवार आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मि फुटबल क्लब आमनेसामने हुँदैछन् ।
साबिक विजेता आयोजक मकवनपुर ११ र विभागीय टोली आर्मीका प्रशिक्षकले जारी तेस्रो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रतिशक्षकले उपाधि जित्ने दावी गरेका हुन् । 
आयोजक मकवानपुरका टिम व्यवस्थापक युवराज लामाले स्थानिय र राष्ट्रिय खेलहरुसमेत खेलिसकेका खेलाडीहरुको समिश्रणबाट नतिजा आफनो पक्षमा आउँने विश्वास व्यक्त गरे । उनले ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई हराएका कारण पनि आफनो टिमका खेलाडीहरुको हौसला उच्च रहेको बताए । 
यस्तै टिम प्र्रशिक्षक विजयलाल श्रेष्ठले घरेलु मैदान र घरेलु समर्थकको साथले पनि आफुहरुलाई खेल जित्न पे्ररित गर्ने दावी गरे । 
यसैगरी आर्मीका टिम म्यानेजर चुनबहादुर थापाले विदेशी टिमलाई हराउँदाको उच्च मनोबल उपाधि जित्ने एउटा आधार भएको बताउँदै आफनो टिममा खेलाडीहरु फिट र लयमा रहेकाले पनि उपाधि जित्ने दावी गरे । 
यद्यपि खेलमा जित र हारको दुबै संभावनालाई भने नकार्न नसक्ने उनको भनाई थियो । उनले आफुहरुको लक्ष्य भने हेटौंडाबाट उपाधि लिएरै जाने रहेको बताए । 
आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले फरेष्ट्रीको खेल मैदानमा यसअघि तीन वटा फाइनल खेलिसकेको र दुई वटामा विजयी भएको स्मरण गर्दै यस मैदानमा तेस्रो पटक उपाधि उचाल्ने दावी गरे । 
प्रतियोगिताको फाइनल यात्रा तय गर्ने क्रममा पहिलो सेमिफाइनल खेलमा आर्मीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई १–० गोल अन्तरले हराएको थियो भने आयोजक मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । 
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा शनिवार २ बजे सुरु हुने फाइनल खेलको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख ५० हजार बराबरको बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

162120279_863501294235185-1616158400.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार