Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्थानिय तह गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

IMG-bd9600b1716cc06ea85a7-1616243805.jpg

७ चैत, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागी पहिलो हाफको ३८ औं मिनेटमा क्याप्टेन टेकबहादुर बुढाथोकीले गोल गरे हुन् ।अतिनै रोमाञ्चक खेलमा घरेलु दर्शकको राम्रो साथ र समर्थन पाएको मकवानपुरले राम्रो प्रयास गरेपनि गोल गर्न नसक्दा उपाधि गुमाउन पुग्यो । 
प्रतियोगिता अन्तर्गत आजको खेलको म्यान अफ द म्याच गोलकर्ता त्रिभुवन आर्मीका टेकबहादुुर बुढाथोकी भए । उनले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे । 
विजेता भएसँगै नेपाल त्रिभुवन आर्मी फुटबल क्लबले नगद रु. १० लाख सहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बनेको मकवानपुर ११ ले ५ लाख रुपैँयमा चित्त बुझाएको छ । 
यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीको पुरस्कर आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले जितेका छन् । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक त्रिभुवन आर्मी फुटबल क्लबका विश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मी फुटबल क्लबका दिपक गुरुङ , उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मीका शेषेहाङ आङदम्बे, उत्कृष्ट फरवार्ड आयोजक मकवानपुर ११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी फुटबल क्लबका नविन न्यौपाने घोषित भए । विद्यागत उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरे । 
यस्तै प्रतियोगिताको समापनको अवसरमा मकवानपुर जिल्ला फुटबल संघले मकवानपुरको फुटबल क्षेत्रको उन्नतीका लागी अतुलनिय योगदान गरेको भन्दै निर्मल बल लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड स्वरुप माउन्टेन बाइक प्रदान गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका  मेेेयर हरि बहादुर महत लागाएतको उपस्थिति रहेको थियो ।

20210320180405_IMG_9770-1616244345.JPG

फोटो:पष्ट खबर

20210320175909_IMG_9744-1616244347.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार