२४ साउन, हेटौँडा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आफना परिवारका सदस्य दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन गाईजात्रा मनाउँने परम्परा छ ।
काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, दुनियाँका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यसै उर्दीले कालान्तरमा जात्राको स्वरूप धारण गरेको हो भन्ने मान्यता छ ।
विशेषगरी काठमाडौँका नेवार समुदायले मृतकको स्मृतिमा विभिन्न झाँकीसहित जात्रा निकाल्दै आएका छन् । यद्यपी केही बर्षयता गाइैजात्रा काठमाडौँ उपत्यका बाहेकाका नेवारी समुदया बसोबास रहेको क्षेत्रहरुमा पनि मनाईन थालिएको छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृ मोक्ष हुन्छ भन्ने मान्यता छ ।
भक्तपुरमा यसै दिन ताहामचा भनिने बाँसमा मृतकको तस्बिर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर नाचिने घिन्ताङ्घिसी नाच प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।
ललितपुरमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउने चलन छ । गौतम बुद्धको ध्यान भङ्ग गर्न आएका मार्को पराजयपछि यो जात्रा गर्न थालिएको हो विश्वार रहिआएको छ । कीर्तिपुरमा पनि आफ्नै प्रकारले गाईजात्रा मनाउने गरिएको छ । कीर्तिपुरको पाँगामा उत्सवका साथ यो जात्रा मनाइन्छ ।
गाईजात्रामा अभिव्यक्तिको स्वतन्त्रता नभएको पञ्चायत व्यवस्थाकालीन समयमा समेत व्यङ्ग्यात्मक प्रहसन वा लेख रचना प्रकाशन गरेर आफ्ना भाव व्यक्त गर्ने चलन थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


