Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

पत्रकार महासंघको निर्वाचन: ३८ पदमा १६५को उम्मेदवारी

Screenshot_20210331-11031-1617168176.jpg

१८ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको हाे ।

अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। गजेन्द्र सिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल अध्यक्ष पदका उम्मेदवार छन् । यस अघि मनोनयन गरेका दीपक पाठकले उम्मेदवारी फिर्ता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल छन् । यस पदका लागि उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएका छन् । महिला तर्फ उपाध्यक्षमा दाना केसी र बाला अधिकार, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंहको उम्मेदवारी रहेको छ ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले उम्मेदवारी फिर्ता लिएका छन् ।खुला तर्फ सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

#प्रशासन डटकमबाट 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार