२५ साउन, हेटौँडा । दोश्रो सामुदायिक वन दिवसको अवसरमा बुधवार हेटौडामा वन सँग सम्वन्धित विभिन्न संघसंस्था एवम कार्यालयहरुले कार्यक्रम गरेका छन ।
जिल्ला वन कार्यालय मकवानपुर र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा वन दिवस मनाएका छन । चुच्चेखोला सामुदायिक वनले वनक्षेत्रको रामपुर डाडामा निर्माण गरिरहेको सालक पार्कमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा आव ०७३÷०७४ को उत्कृष्ट सामुदायिक वन तर्फ चुच्चेखोला सामुदायिक वन पहिलो सुनाचुरी सामुदायिक वन दोश्रो र मुलखोला सामुदायिक वन तेश्रो भएका छन् ।
यसैगरी, वन्यजन्तु संरक्षण तर्फ अशोक सामुदायिक वन हेटौडा–१७ पहिलो, भैरबडाँडा सामुदायिक वन हेटौडा–११ दोश्रो र कालिकाचण्डिका सामुदायिक वन भैसे तेश्रो, नदी नियन्त्रण तर्फ सिमातमाई सामुदायिक वन बकैया पहिलो, चित्रेपानी सामुदायिक वन हेटौडा दोश्रो र बेतखोल्सी सामुदायिक वन हेटौडा तेश्रो भएका थिए । कबुलियत वनतर्फ रामधुनी कबुलियती वन पहिलो, चित्रेपानी कबुलियती वन दोश्रो र क्याम्पाडाडा कबुलियती वन तेश्रो भएका थिए भने निजी वनतर्फ हेटौडा ११ का नवराज बर्तौला र जनक बहादुर रेग्मी पुरस्कृत भए ।
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मकवानपुरगढी २ का वडाध्यक्ष बखानसिह पाख्रिन, ३ का वडाध्यक्ष भागवत घिमिरे, राष्टपति तराई मधेश विकास संरक्षण कार्यालय हेटौडाका प्रमुख बसन्तराज गौतम, हर्नामाडी सेक्टर कार्यालयका प्रमुख राजेन्द्रराज भण्डारी, सञ्चारकर्मी रुपेश दुलाल, समूहका कार्यालय सचिव केदार गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









