२५ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो ।
केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिए ।
महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ । अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।
महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।
महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।्
मकवानपुर जिल्लमा लोकतान्त्रिक नेपाल प्रेस युनियन मकवानपुर र प्रेस संगठनका मिलेर बनेको प्रगतिशिल गठबन्धनका तर्फबाट अध्यक्षमा मणिराज गौतम र नेकपा ओली र माधव नेपाल निकट प्रेस चौतारीका तर्फबाट बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् ।
यस्तै, उपाध्यक्षमा प्यानलबाट धु्रव अधिकारी र चौतारीबाट राजन दाहालले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा सरला अधिकारी र सम्झना रिजालले उम्मेदवारी परेको छ । शुभलक्ष्मी विक, रामशरण दुलाल र इन्द्रबहादुर बञ्जरा (रमेश) को उम्मेदवारी सचिव पदमा रहेको छ ।
यसैगरी सहसचिवमा देवराज पन्त, यमप्रसाद पौडेल (एमपी) र राज सापकोटाको उम्मेदवारी खुला सहसचिवमा रहेको छ भने समावेशी सहसचिवमा मन्दिरा बानियाँ (मानवी) र रुपक कालिराजले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा केशव समर्पण सुवेदी र तिलक अधिकारीले उम्मेदवारी दिएका छन् ।
महिला सदस्यमा प्रतिक्षा न्यौपाने र रुपा गुरुङले उम्मेदवारी दिएका छन् भने अदिवासी जनजाती सदस्यमा अजिता नगरकोटी र नवराज बाइबा तथा मधेशी सदस्यमा आदित्य कर्ण र मनिल महतोले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, दलित सदस्य पदमा शान्ति सुनार निर्विरोध निर्वाचित भएका छन् । ७ सदस्य खुला पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
यस्तै, प्रदेश परिषद् सदस्य खुलामा गणेश दर्पण अधिकारी, छविलाल श्रेष्ठ, विश्वराम अधिकारी (विवश), रवीन्द्र गौतम, शिव चौंलागाईं, सुजन ढकाल र सुनिल शिवाकोटीले उम्मेदवारी दिएका छन् । प्रदेश परिषद् सदस्य खुलामा ५ जना आवश्यक छ । यस्तै, २ जना प्रदेश परिषद् सदस्य (महिला) पदमा अञ्जली थापा, आरती ढकाल र भावना रिजालको उम्मेदवारी परेको छ ।
यस्तै, प्रदेश परिषद् सदस्य (आदिवासी जनजाति)मा २ जनाका लागि अमर लामा, अशोक सुजन श्रेष्ठ, रञ्जीता डंगोल र रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् । प्रदेश परिषद् सदस्य (दलित) मा भने कृष्णराम परियार निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्य (खुला) मा २ जनाका लागि ४ जनाको उम्मेदवारी परेको छ । भानुभक्त आचार्य, राजन (खुशराज) दाहाल, रामकुमार एलन र रिपेश दाहालले उम्मेदवारी दिएका छन् । केन्द्रीय परिषद् सदस्य (महिला) मा एक जनाको लागि नानीमैया विष्ट र सरिता दाहालको उम्मेदवारी परेको छ । केन्द्रीय परिषद् सदस्य (आदिवासी जनजाति) मा सुवर्णलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रम आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको हेटौंडा रिगल रिसोर्टमा हुने छ ।
३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा हेटौडा-९ गुम्बा चोकमा दिप...
३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...
३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...
३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...
३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...
३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...
३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...
३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...
३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक...
२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक...
२९ चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानी नजिक विद्यार्थी बोकेको स्कलबस र अटो...
२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा...
२९ चैत,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) त्याग गर्दै ३ जना प्रभावशालि नेता कार्यकर्ता नेपाली...
२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ ।...
२५ चैत,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जग्गा किर्ते गरेर बेच्ने एक वकिललाई पक्राउ गरेको छ।९ कठ्ठा ३...
३० चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु...
२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। सरकारले दुई दर्जन बढी...