Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पत्रकार महासंघ मकवानपुर अध्यक्षमा मणीराज गौतम निर्वाचित

Screenshot_20210408-09371-1617854383.jpg

२६ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन । प्रेस युनियन र प्रेस सेन्टरको एलायन्सबाट उम्मेदवार बनेका युनियनका गौतम सहित सम्पूर्ण प्यानल नै निर्वाचित भएको हो ।  
नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बनेका बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले पराजित गर्दै गौतम पत्रकार महासंघ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् । गौतमले १०० मत प्राप्त गर्दा चौतारीबाट उम्मेदवार बनेका अधिकारीले ५६ मत मात्र प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा धुव्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ९३ प्राप्त गर्दा दाहालले ६५ मत प्राप्त गरेका थिए । 
यस्तै महिला उपाध्यक्षमा युनियन र सेन्टरकी सरला अधिकारी निर्वाचित भएकी छिन । उनले ८५ मत ल्याउदा  चौतारीबाट उम्मेदवार बनेका सम्झना रिजालले ७३ मत प्राप्त पाइन् । महासंघ सचिवमा चौतारीका रामशरण दुलाललाई हराउँदै शुभलक्ष्मी विश्वकर्मा विजयी बनेकी छिन । विश्वकर्माले ७८ मत प्राप्त गर्दा दुलालले ७५ मत प्राप्त गरे । यसैगरी सहसचिव समावेशीमा एलायन्सकी मानवी बानिया विजयी भइन् । चौतारीका रुपकराज कालिराजलाई ६० मतले पछि पार्दै बानियाले चुनाव जितेकी हुन् । उनले १०७ मत प्राप्त गर्दा कालिराजले ४७ मत पाए । 
यस्तै, सहसचिव खुलामा स्वतन्त्रका राज सापकोटालाई २३ मतले र अर्का उम्मेदवार चौतारीका देवराज पन्तलाई २५ मतले हराउँदै एलायन्सका एमपी शर्मा विजयी भएका छन् । विजयी भएका शर्माले ६८, सापकोटाले ४५ र पन्तले ४३ मत प्राप्त गरेका हुन् । यस्तै, सदस्यहरुमा सृजना नेपाल १०४, बलराम पुडासैनी ९५, प्रदिप अधिकारी ९१, विजय पौडेल ८६, अर्जुन सन्जेल ६५, उज्ज्वल अधिकारी ६४ र नवीन तिमल्सिना ६१ मत प्राप्त गरी विजयी भएका छन् । 
यस्तै सदस्य महिलामा रुपा गुरुङ (७९) सदस्य आदिवासी जनजातिमा नवराज वाइवा (९१) सदस्य मधेसीमा आदित्य कर्ण (७६) मत पाउँदै विजयी भएका छन् ।सदस्य दलितमा शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै केन्द्रिय परिषद सदस्यमा राजन दाहाल (खुसराज) र भानुभक्त आचार्य निर्वाचित भएका छन् । दाहालले ९२ मत र आचार्यले ८८ मत ल्याई निर्वाचित भएका हुन ।
केन्द्रिय परिषद (महिला) सदस्यमा नानीमैया बिष्ट ८२ मत ल्याई निर्वाचित भएका छिन्।त्यसैगरी प्रदेश सदस्यमा गणेशदर्पण अधिकारी(१२३), शिव चौलागाई १०९ मत सुनिल शिवाकोटी १०७ मत, सुजन ढकाल १०७ मत  रवीन्द्र गौतम ९४ मत, विश्वराम अधिकारी (विवश) ७८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । अधिकारी, शिवाकोटी, ढकाल र गौतम युनियन आबद्ध हुनु भने, चौलागाई र अधिकारी चौतारी निकट हुन् । 
त्यसैगरी प्रदेश परिषद महिला सदस्यमा आरती ढकाल र भावना रिजाल निर्वाचित भएकी छन् । त्यस्तै आदीबासी जनजाती तर्फ प्रदेश सदस्यमा अशोक सुजन श्रेष्ठ र अमर लामा निर्वाचित भएका छन् । १६४ सदस्य रहेकोमा १६१ जनाले मात्र मतदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार