Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

रानी वनका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिए

11-1618101599.jpg

२९ चैत, हेटौंडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् ।  निर्वाचन समितिका संयोजक रमेश प्रसाद लामिछानेले सर्वसम्मत निर्वाचित भएको कार्यसमितिलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । 
वन समूहको नवनिर्वाचित अध्यक्षमा विष्णुप्रसाद न्यौपाने, उपाध्यक्षमा केशव धिताल, सचिवमा नानीमाया रुम्वा, सहसचिवमा दीपक सापकोटा र कोषाध्यक्षमा गोमा लामिछाने रहेका छन् । 
यसैगरी जनजाती महिला सदस्यमा जोगमाया राई, महिला सदस्यमा सन्ध्या श्रेष्ठ, अमुना सापकोटा, अनिता बुढाथोकी, पार्वती न्यौपाने, सदस्यमा सूर्यप्रसाद दुलाल र शत्रुघन दुलाल चयन भएका हुन् । १३ सदस्यीय कार्यसमितिमा एक दलित महिला सदस्य कार्यसमितिले मनोनित गर्ने बताईएको छ । 
हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, समूहका निवर्तमान अध्यक्ष कृष्ण बिडारी, पूर्व अध्यक्ष बलराम अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारी, निर्वाचन समितिका सदस्य रुपेश दुलाल, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार