Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

खेलकुद

११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुद्ध माविले जित्यो

173431564_490099662115318-1618273588.jpg

३१ चैत, हेटौंडा । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्ध माबिले जितेको छ । सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो । 
यस्तै बकैयाकै महेन्द्र मावि प्रतियोगितामा दोस्रो भएको छ । महेन्द्र माविले ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक हात पारेको छ । तेस्रो भएको थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।
०७४ र ०७५ मा लगातार जनक माविले शिल्ड लगेको भए पनि यस पटक बुद्धले जितेको हो । जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो । प्रतियोगितामा भलिवल, कव्वडी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका अध्यक्ष आदरणीय दाई रघुनाथ खुलाल, बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सुर्यलाल भन्डारी लगाएतले पुरस्कार वितरण गरेका थिए । गत वर्ष भने कोरोना भाइरसको  संक्रमणका कारण प्रतियोगिता स्थगित भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार