२६ साउन, हेटौँडा । हेटौँडा विमा कम्पनीहरुले आफुहरुलाई आवश्यक हुलाक टिकट नपाएको गुनासो गरेका छन् । जिल्ला हुलाक कार्यालयले आवश्यक माग अनुसार टिक नदिंदा आफुहरुलाई समस्या परेको उनीहरुको गुनासो छ ।
हुलाकले टिकटमा कालोबजारी भएको भन्दै पर्याप्त हुलाक टिकट उपलव्ध नगराएको प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुख अर्जुन सुवेदीले बताए । पर्याप्त टिकट नपाउँदा काममा समस्या आएको शिखर ईन्स्योरेन्स हेटौँडाका प्रमुख प्रमोद पोखरेलले बताउनुभयो । टिकट लिनैका लागि दैनिक पत्रचार गर्नुपर्ने हुलाक कार्यालयको भनाई अव्यहारिक भएको विमा कम्पनीहरुको भनाई छ । उनीहरुले व्यवसायिक संस्थालाई टिकट विक्रिमा कडाई नगर्न आग्रह गरेका छन् ।
हुलाक कार्यालयका हेम रुपाखेती भने मंहगो मूल्यमा टिकट विक्रि गर्नेहरुका कारण उपभोक्ता ठगिएको गुनासो आएकाले केही कडाई गरेको भन्दै यसले नियम संगत काम गर्नेहरुलाई पनि असुविधा पुगेको स्विकारे । उनले धेरै परिमाणमा टिकट खरिद गर्न आधिकारिक कागजात भए उपलव्ध गराउन हुलाकलाई कुनै समस्या नहुने समेत जानकारी दिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले प्रशासनले टिकटको कालोबजारी गर्नेलाई कारवाही गर्ने भन्दै विश्वसनीय संस्थाहरुलाई सहज टिकट उपलव्ध गराउन हुलाक कार्यालयलाई निर्देशन दिने बताए । ‘नियम कानून अनुसार हुलाक टिकट उपलव्ध गराउने दायित्व हुलाक कार्यालयको हो, हुलाक टिकट ठूलो परिमाणमा लिएर गई बढि मूल्यमा विक्रि गरेको सूचना पाए तत्काल कारवाही गछौं ।’–उनले भने ।
विमा कम्पनिहरुलाई १० र २० दरका टिकट फारम भर्ने लगायतका काममा आवश्यक पर्ने भएकाले सहज उपलव्ध गराई दिन विमा कम्पनीहरुले आग्रह गरेका छन् ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


