२६ साउन, हेटौँडा । हेटौँडा विमा कम्पनीहरुले आफुहरुलाई आवश्यक हुलाक टिकट नपाएको गुनासो गरेका छन् । जिल्ला हुलाक कार्यालयले आवश्यक माग अनुसार टिक नदिंदा आफुहरुलाई समस्या परेको उनीहरुको गुनासो छ ।
हुलाकले टिकटमा कालोबजारी भएको भन्दै पर्याप्त हुलाक टिकट उपलव्ध नगराएको प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुख अर्जुन सुवेदीले बताए । पर्याप्त टिकट नपाउँदा काममा समस्या आएको शिखर ईन्स्योरेन्स हेटौँडाका प्रमुख प्रमोद पोखरेलले बताउनुभयो । टिकट लिनैका लागि दैनिक पत्रचार गर्नुपर्ने हुलाक कार्यालयको भनाई अव्यहारिक भएको विमा कम्पनीहरुको भनाई छ । उनीहरुले व्यवसायिक संस्थालाई टिकट विक्रिमा कडाई नगर्न आग्रह गरेका छन् ।
हुलाक कार्यालयका हेम रुपाखेती भने मंहगो मूल्यमा टिकट विक्रि गर्नेहरुका कारण उपभोक्ता ठगिएको गुनासो आएकाले केही कडाई गरेको भन्दै यसले नियम संगत काम गर्नेहरुलाई पनि असुविधा पुगेको स्विकारे । उनले धेरै परिमाणमा टिकट खरिद गर्न आधिकारिक कागजात भए उपलव्ध गराउन हुलाकलाई कुनै समस्या नहुने समेत जानकारी दिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले प्रशासनले टिकटको कालोबजारी गर्नेलाई कारवाही गर्ने भन्दै विश्वसनीय संस्थाहरुलाई सहज टिकट उपलव्ध गराउन हुलाक कार्यालयलाई निर्देशन दिने बताए । ‘नियम कानून अनुसार हुलाक टिकट उपलव्ध गराउने दायित्व हुलाक कार्यालयको हो, हुलाक टिकट ठूलो परिमाणमा लिएर गई बढि मूल्यमा विक्रि गरेको सूचना पाए तत्काल कारवाही गछौं ।’–उनले भने ।
विमा कम्पनिहरुलाई १० र २० दरका टिकट फारम भर्ने लगायतका काममा आवश्यक पर्ने भएकाले सहज उपलव्ध गराई दिन विमा कम्पनीहरुले आग्रह गरेका छन् ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















