Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिदेशीय टी–२० क्रिकेटः मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

177138140_749124625770228-1619095730.jpg

९ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो । 
मलेसियाका लागि अमिनुद्दिम राम्लीले सर्वाधिक ४१ रन बनाए । नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले तीन÷तीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो । 
आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पहिलो खेलमै तीन विकेट लिँदै करियरको उत्कृष्ट सुरुवात गरेका छन्  । 
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७  रन बनायो । नेपालका करण केसीले ४५, आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए । कुशल मल्ल १९ रनमा नटआउट रहे । 
नेपालले बिहीबार बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा दुई सय ३६ रनको स्कोर बनाएको थियो । यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपालले उपाधिका लागी आइतबार नेदरल्याण्ड्ससँग फाइनल भिड्न्त गर्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार