Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

साहित्य संगमद्वारा शनिवार १० साहित्यकारलाई सम्मान प्रदान

174556737_321276826092488-1619311058.jpg

१२ बैशाख, हेटौंडा । साहित्य संगम मकवानपुरले शनिवार हेटौंडामा विभिन्न विधाका १० जना साहित्यकारहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ । 
शनिबार हेटौंडा–४ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 
कार्यक्रममा गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको नगद २० हजार रुपैयाँसहितको गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरिएको छ । यस्तै मकवानपुर साहित्य श्री सम्मान संगमका उपाध्यक्ष एवम् आँचल साहित्य कला पुञ्ज मकवानपुरका संस्थापक उपाध्यक्ष अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहितको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । 
आदर्श टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पारिजात स्मृति सम्मान डा. अरुणा उप्रेतीलाई प्रदान गरिएको छ । संगमले नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान मकवानपुरको उत्तरी क्षेत्र पालुङका साहित्यकार राम बर्तौला आँशुलाई प्रदान गरेको छ । 
यस्तै २१ हजार १ सय ११ रुपैयाँ सहितको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवम् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिएको छ भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । उनलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । 
शिक्षा एवम् साहित्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको नगद ७ हजार ७ सय ७७ रुपैयाँको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई र संगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ ।
शिक्षासेवी डेण्टीजंग शाहले छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको ण कुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिएको छ । 
संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३०६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

थप समाचार