Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गणेश थापालाई कारवाहीको चर्चा

Ganesh-Thapa-12-1502432940.jpg

२७ साउन, काठमाण्डौं । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको नागरिक न्यूजले समाचार बनाएको छ । 
फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा राखेको थियो। फिफाको इन्डिपेन्डेन्ट एथिक्स कमिटीको एड्जुडिक्टरी च्याम्बरले थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रेंक जरिबाना गर्नासाथ अख्तियारका अधिकारीले अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका थिए। अख्तियार प्रवक्ता जीवराज कोइरालाले आफूले यसबारे केही बताउन नसक्ने बताए। 'सामान्यतया तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परेमा पुनः अनुसन्धान गर्न सकिन्छ,' कोइरालाले भने, 'मलाई यसबारे अहिलेसम्म कुनै जानकारी छैन। थापाविरुद्ध सन् २००१ देखि २०१२ को बीचमा फुटबल प्रोजेक्ट र घूसका रूपमा करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेको थियो । 
एसियाली फुटबल महासंघ ९एएफसी० लेखापरीक्षण प्रतिवेदनमा थापाका छोरा गौरवको खातामा एएफसी पूर्व अध्यक्ष मोहम्मद बिन हमामबाट एक लाख अमेरिकी डलर पाएको खुलासा भएको थियो। थापाविरुद्धको उजुरीपछि अख्तियार र सार्वजनिक लेखा समितिले यस विषयमा अनुसन्धान गरेको थियो । थापाले एन्फा नेतृत्वमा दुई दशकभन्दा बढी समय रहँदा ५८ करोड रुपैयाँ अपचलन गरेको तथ्य संसदीय समितिले निकालेको थियो। समितिले पनि उक्त प्रतिवेदन अख्तियारमा पठाएको थियो । तर, उक्त मुद्दा अदालतमा लैजान पर्याप्त प्रमाण नपुगेको भन्दै अख्तियारले छानबिन तामेलीमा राखेको थियो । 
अनुसन्धानमा संलग्न सांसद रामहरि खतिवडाले थापाका अनियमितताबारे फेरि अनुसन्धान गर्न प्रयास भइरहेको बताए। 'हामीले लेखा समिति सचिवलाई अख्तियार सचिवसँग छलफल गरी थापाको मुद्दाबारे समितिमा अख्तियारका आयुक्तलाई बोलाउने मिति तय गर्न भनिसकेका छौं, खतिवडाले भने, फिफाले उनलाई दोषी ठहर गर्यो तर हाम्रो भ्रष्टाचारविरुद्ध क्रियाशील संस्थाले यस्तो ठूलो भ्रष्टाचारलाई पनि बेवास्ता गर्यो। संसद्ले यसलाई फेरि अघि बढाउँछ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg