Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणेश थापालाई कारवाहीको चर्चा

Ganesh-Thapa-12-1502432940.jpg

२७ साउन, काठमाण्डौं । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको नागरिक न्यूजले समाचार बनाएको छ । 
फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा राखेको थियो। फिफाको इन्डिपेन्डेन्ट एथिक्स कमिटीको एड्जुडिक्टरी च्याम्बरले थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रेंक जरिबाना गर्नासाथ अख्तियारका अधिकारीले अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका थिए। अख्तियार प्रवक्ता जीवराज कोइरालाले आफूले यसबारे केही बताउन नसक्ने बताए। 'सामान्यतया तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परेमा पुनः अनुसन्धान गर्न सकिन्छ,' कोइरालाले भने, 'मलाई यसबारे अहिलेसम्म कुनै जानकारी छैन। थापाविरुद्ध सन् २००१ देखि २०१२ को बीचमा फुटबल प्रोजेक्ट र घूसका रूपमा करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेको थियो । 
एसियाली फुटबल महासंघ ९एएफसी० लेखापरीक्षण प्रतिवेदनमा थापाका छोरा गौरवको खातामा एएफसी पूर्व अध्यक्ष मोहम्मद बिन हमामबाट एक लाख अमेरिकी डलर पाएको खुलासा भएको थियो। थापाविरुद्धको उजुरीपछि अख्तियार र सार्वजनिक लेखा समितिले यस विषयमा अनुसन्धान गरेको थियो । थापाले एन्फा नेतृत्वमा दुई दशकभन्दा बढी समय रहँदा ५८ करोड रुपैयाँ अपचलन गरेको तथ्य संसदीय समितिले निकालेको थियो। समितिले पनि उक्त प्रतिवेदन अख्तियारमा पठाएको थियो । तर, उक्त मुद्दा अदालतमा लैजान पर्याप्त प्रमाण नपुगेको भन्दै अख्तियारले छानबिन तामेलीमा राखेको थियो । 
अनुसन्धानमा संलग्न सांसद रामहरि खतिवडाले थापाका अनियमितताबारे फेरि अनुसन्धान गर्न प्रयास भइरहेको बताए। 'हामीले लेखा समिति सचिवलाई अख्तियार सचिवसँग छलफल गरी थापाको मुद्दाबारे समितिमा अख्तियारका आयुक्तलाई बोलाउने मिति तय गर्न भनिसकेका छौं, खतिवडाले भने, फिफाले उनलाई दोषी ठहर गर्यो तर हाम्रो भ्रष्टाचारविरुद्ध क्रियाशील संस्थाले यस्तो ठूलो भ्रष्टाचारलाई पनि बेवास्ता गर्यो। संसद्ले यसलाई फेरि अघि बढाउँछ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार