Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आजबाट सवारी साधनमा जोरविजोर कढाईका साथ लागू गरिने

Hetauda-Bazaar-1-16193104-1619569062.png

file photo

१५ बैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर अप्रत्यासित रुपमा बढ्न थालेपाछि मकवानपुरमा आज बुधबारबाट लामो दुरी र अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनमा जोरविजोर प्रणाली कढाईका साथ लागू हुने भएको छ । 
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लामो दुरीका सवारी, सरकारी र अत्यावश्यक सेवा बाहेक सबै सवारीमा बुधबारबाटै जोरविजोर प्रणालीलाई कढाईका साथ लागू गर्ने निर्णय गरेको हो । 
यसअघि गत शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढेपछि आइतबारबाट लागू हुनेगरी जोरविजोर प्रणाली लागू गरेको थियो । 
मकवानपुरमा पछिल्लो दुई हप्ता यता कोरोना संक्रमणको दर अप्रत्यासित ढंगले बढिरहेको छ । स्वास्थ्य, खानेपानी, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तिय संस्था, दुरसञ्चार, फोहोरमैला बाहेकका सबै सवारीमा जोरविजोर प्रणाली लागू हुनेछ । 
अर्को निर्णय नभएसम्मका लागि जिल्लामा लामो दुरी, सरकारी तथा अत्यावश्यक सेवा बाहेकका सवारीमा जोरविजोर लागू गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । 
यस्तै ब्यूटीपार्लर, सैलुन र मदिरा व्यवसाय पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने भएको छ । सेवाग्राहीको अत्याधिक भिड हुने राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय, यातायात व्यवस्था सेवा कार्यालयको आन्तरिक कार्य बाहेक सबै प्रकारका सेवा पनि अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार