Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आजबाट हेटौंडामा विशेष कडाई, होटल, लज, रेष्टुरेण्टहरु बन्द हुने

IMG_4465-1590311763-1619838073.jpg

file photo

१८, बैशाख, हेटौंडा ।  मकवानपुरमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दर तिव्र रुपमा फैलिन थालेपछि आज शनिवारबाट विशेष कडाई गरिने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज (शनिवार)बाट हेटौंडाका होटल, लज, रेष्टुरेण्ट, मिठाई पसल  तथा चिया पसलहरु अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण दर बढीरहेको र मानिसहरुको भिडभाड हुने व्यवसायहरुल कोरोना फैलाउँन सहयोग पुग्ने भएकोले होटल, लज, रेष्टुरेण्ट, मिठाई पसल तथा चिया पसलहरु तत्कालका लागी अर्को सूचना नभएसम्मका लागी बन्द गर्ने निर्णय गरेको हो ।
टेकअवे र होम डेलिभरीको सेवा भने बिहान १० बजेदेखि साँझ ६ बजेसम्म गर्न सकिने भनिएको छ । यस्तै हेटौंडा–१० बसपार्कमा मानिसहरुको भिडभाड बढेको भन्दै त्यसक्षेत्रमा सञ्चालनमा रहेका सम्पूर्ण किराना, चियालगायतका पसल अर्को निर्णय नहुञ्जेलसम्मका लागि बन्द गरिने भएको छ । 
हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले कार्यरत मजदुर तथा श्रमिकलाई उद्योग परिसरमै राखेर बाहिर आवतजावत हुन नदिने गरी उद्योग सञ्चालन गर्नुपर्ने भएको छ । यसैगरी व्यवसायीहरुले हेटौंडा बजार क्षेत्रमो बिहान १० देखि ६ बजेसम्म मात्र व्यवसाय गर्न पाउने निर्णय गरिएको छ । 
हेटौंडामा रहेका सम्पूर्ण निजी अस्पतालले अस्पताल परिसरमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र हेटौंडा अस्पतालसंग समन्वय गरी स्वास्थ्यकर्मी आलोपालो उपलब्ध गराउने निर्णय भएको छ । थाहा नगरपालिकामा रहेका मालपोत र नापी कार्यालय पनि अर्को निर्णय नहुन्जेलसम्म बन्द गरिने भएको छ । 
हेटौंडा उपमहानगरपालिकाले गैरिटारमा निर्माण गरिरहेको १२० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सेन्टरलाई विस्तार गरी २ सय बेडको बनाउन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

20200427200325_IMG_3300-1-1619838073.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार