Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पीएसजीलाई हराउँदै सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाईनलमा

3123-1620173758.jpg

२२ बैशाख, हेटौंडा । इंग्लीस प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित सिटी पहिलोपटक फाईनल पुगेको हो । 
दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे । उनले ११ औं र ६३ औं मिनेटमा गोल गरेका हुन् । यसअघि पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । 
सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाईनल खेलेको थियो । सिटीले राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्दा यस सिजन मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीलाई सेमिफाईनलबाटै घर फर्काएको छ । 
प्रिमियर लिग फुटबलको उपाधिको नजिक रहेको सिटीले कारबाओ कपको उपाधि उचालिसकेको छ । च्याम्पियन्स लिगको उपाधिले सिटीलाई एकै वर्ष तेहरो उपाधिको उपलब्धि दिन सक्नेछ । 
सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् । दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । फाईनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार