Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका एक परिवारका ७ वेपत्ता (कहाँ के भयो ?)

Manthali1-1502605673.jpg

मन्थलीमा बाढि पहिरोले निम्त्याको भयावह अवस्था । तस्विरहरु सोम तमल्सिना

रुपेश दुलाल
२९ साउन, हेटौँडा ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका अम्बासबेसीमा पहिरोले घरसंगै एकै परिवारका ७ जनालाई बगाएको छ । पहिरोले घरसहित परिवारर्लाइ बगाएरर तलको सेरु खेलामा पु¥याएको हो ।

बगाएर बेपत्ता हुनेमा ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया, ८ बर्षिया पाल्मो र २ बर्षिय छोरा विकास रहेका छन् । उनीहरुको स्थानीयले खोजी जारी राखेको स्थानीय बुद्ध लामाले बताए । पहिरोले गोठसंगै  ४ वटा भैसी, १ हल गोरुसहित कुखुरा, बाख्रा पनि बगाएको छ । अम्बासमा अन्य घरहरु पनि जोखिममा रहेको स्थानीय सन्तबहादुर भोलनले जानकारी दिनुभयो ।

बकैया–३ जलजलेमा एक महिला र एक पुरुषलाई खोलाले बगाएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । उहाँका अनुसार बकैंया–६ मा ४२ बर्षिय विरबहादुर घलानलाई पनि खोलाले बगाएको छ । प्राकृतिक प्रकोपले असर गरेका क्षेत्रमा जिल्ला र नजिकका क्षेत्रका प्रहरी युनिटको टोली परिचालन गरिएको एसपी खनालले बताउनुभयो ।

उता, पश्चिमी मकवानपुरको राक्सिराङान पनि खोला र पहिरोले धेरै घरमा क्षति पु¥याएको राक्सिराङ वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले बताउनुभयो । उहाँका अनुसार मछेडीमा रहेका १८ वटा पसलमध्ये ६ वटालाई खोलाले बगाएको छ । भने बाँकीलाई पुरेको छ । ज्यामिरेमा नवराज रुम्बाको घर पुरिएको छ । सानोभावरमा जोगमान थिङको घर बगाएको, विजय मोक्तान र प्रदीप मोक्तानको घर पुरिएको रुम्बाको भनाई छ ।

मकवानपुरका सदरमुकाम हेटौँडाबाट ग्रामिण भेगमा जाने सडक अवरुद्ध भएका छन् । चुरे र महाभारत पहाडबाट बग्ने खोला र खहरेका कारण सडक अवरुद्ध भएको हो । विद्युत सुविधा पनि सदरमुकाम हेटौँडामा मात्रै रहेको छ । सूचना लिन समस्या हुँदा उद्धारका लागि प्रशासनलाई असहज भएको छ ।

Manthali2-1502605736.jpg
Manthali4-1502605736.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार