Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सत्तापक्ष राप्रपा फुटाउने षड्यन्त्र गर्दैछ : थापा

KTNepal-1502631849.jpg

२९ साउन, हेटौँडा । राष्ट्रिय राजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता पक्ष राप्रपालाई फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । हेटौँडामा आइतबार पत्रकार सम्मेलन गर्दै थापाले आयोगसंग यसबारेमा पटक पटक छलफल भएको प्रमाण आफुसंग रहेको दावि गरे ।

उनले प्रदेश नम्बर २ मा तेस्रो चरणको चुनाव गर्नुपर्ने जिम्मेवारी रहेको आयोग यस्तो विवादमा फस्न नुहने बताए । यसले राजनैतिक दललाई समेत मानसिक तनाव नदिन आयोगलाई थापाले ध्यानकर्षण गराए । पशुपति सम्शेर राणा पक्षले दर्ता गरेको निवेदन खारेज गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । थापाले राणासंग नयाँ पार्टी दर्ताका लागि प्रयाप्त सदस्य नरहेकाले रित नपुगेको भन्दै यसलाई तत्काल खारेज गर्न आग्रह गरे ।

हस्ताक्षर सनाखतका लागि म्याद थप्ने कुनै कानूनी प्रावधान नरहेको भन्दै उहाँले राजनैतिक प्रभावमा नपर्न पनि निर्वाचन आयोगलाई अनुरोध गरे । दर्ताका लागि आवश्यक संख्या नपुगेपछि राणाले म्याद थप्न आयोगलाई आग्रह गरेको भन्दै अझै पनि आवश्यक संख्या पु¥याउन नसक्ने दावि थापाको छ । आयोगको गलत निर्णयले दलिय व्यवस्थामा नकारात्मक असर पर्ने भएकाले यसतर्फ नलाग्न आयोगलाई उनको सुझाव थियो । पत्रकार सम्मेलनमा सहमहामन्त्री राजाराम थापा, हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार