Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाढी पहिरोले मकवानपुरमा ४ को मृत्यु, ७ वेपत्ता

20664110_1455852064529835-1502634742.jpg

२९ साउन, हेटौँडा । दुई दिनको अविरल बर्षका कारण मकवानपुरमा ४ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएको छ ।
मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले ४ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको पुष्टी गरेका छन् । आइतबार साँझ सम्ममा पहिरोका कारण शनिबार भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पाखाटोलकी ५५ बर्षिया मिठु दानी, बकैया गाउँपालिका वडा नम्बर १० अम्बासबेसीका ९ बर्षिया पल्मा न्यासुरको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीका कारण बैकैया गाउँपालिका वडा नम्बर १ का ३२ बर्षिया सुनमाया मोक्तान र हेटौँडा–१३ का ज्ञानबहादुर डिम्डुङ रहेको एसपी खनालले बताए । 
बकैयाको अम्बास वेसीमा वेपत्ता भएका पल्मा बाहेक अरुको शव फेला परेको छैन । बाढी पहिरोका कारण बेपत्ता हुनेमा अम्बासका ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया,  र २ बर्षिय छोरा विकास, बकैया–६ का ४२ बर्षिय बीरबहादुर घलान रहेको एसपी खनालले बताए । 
प्रहरीले आइतबार दिनभरमा विपदमा परेका एक सय ४२ जनालाई उद्धार गरेको छ । हेटौँडा–४ स्थित मानवसेवा आश्रमबाट ६७ जना, हेटौँडा–४ कै कर्रा खोलाबाट १० जना, हेटौँडा–५ गर्दोहीबाट ९ जना, हेटौँडा–११ थानभर्याङबाट २० जना, मनहरी गाउँपालिका वडा नम्बर ७ बाट ३५ जना र बकैया गाउँपालिकाबाट १ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार