Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोनासहितका विरामीको उपचारको प्रवन्ध गर्न कांग्रेस मकवानपुरको माग

Nepali-Cong-1620639397.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कोरोना संक्रमणसहित अन्य विरामीलाई उचित उपचारको प्रवन्ध गर्न नेपाली कांग्रेस मकवानपुरले माग गरेको छ । जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा सबै स्थानीय तहमा क्वारेन्टाइन, स्वाव संकलन र उपचारको यथाशीघ्र प्रवन्ध गर्न माग गरिएको छ । कांग्रेस मकवानपुरले हेटौंडा अस्पतालमा आईसियु बेड, भेन्टिलेटर र अक्सिजन सिलिण्डरको पर्याप्त मात्रामा ब्यवस्था गर्न संघीय, प्रदेश एवं स्थानीय तीनै तहका सरकारसंग अपिल गरेको छ । भोको पेटले कोरोनासंग लड्न नसक्ने भएकाले दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने श्रमिक एवं विपन्न वर्गका नागरिकलाई राहतको यथाशीघ्र व्यवस्था गर्नसमेत उसले माग गरेको छ । 

विज्ञप्तिमा मकवानपुरमा दोश्रो चरणको कोभिड १९ को संक्रमण फैलदासमेत सम्बन्धित निकायहरुले हालसम्म सबै स्थानीय तहहरुमा आईसोलेशनको उचित ब्यवस्थासमेत गर्न नसक्दा ग्रामीणभेगमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन उच्च बन्दै गईरहेको जनाईएको छ । यो निषेधाज्ञाको समयमा कोरोना संक्रमणको जोखिम रोकथाम, न्युनिकरण र उपचारमा तिनै तहको सरकार गैरजिम्मेवार बनेको छ बताउँदै हेटौंडा अस्पतालमा पुगेका कोभिडका विरामीहरुको उपचारमा जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव देखिएको जनाईएको छ । मकवानपुरमा कोभिडका साथसाथै अन्य रोगका विरामीहरुले प्रभावकारी उपचारको अभाव झेलिरहँदासमेत सरकारी संयन्त्रले ब्यवस्थित ढंगले काम गर्न नसकेको भन्दै निन्दा गरिएको छ । 

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सेट २५ थान, मास्क, सेनिटाईजर, ग्लोभ्स जस्ता सामाग्रीहरु उपलब्ध गराएको छ भने अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाईजर र नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाईजरका साथै पत्रकारको स्वास्थ्य उपचारका लागि नगद ३० हजार रुपैयाँ सहयोग गरेको छ जनाईएको छ । नेपाली कांग्रेस मकवानपुर जिल्ला, क्षेत्र र नगर कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरु कोरोनाको जोखिम न्युनिकरण, राहत एवं उद्धारमा खटिएको जनाईएको छ ।

IMG_20210510_151417-1620639472.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार