✍️देवकी गौतम
किनकिन आजकल मलाई
मेरी आमा र
डाडु उस्तै उस्तै लाग्छ...!!!
जिवन भरी मिष्ठान्न भोजन पकाएर
अरुलाई बाड्ने.. !
त्यसको स्वाद आफु भित्र पस्न नदिने ,
त्यस्तै लाग्छ मलाई अचेल मेरी आमा..!!
दुई रुपैंयाको ढ्याक भएनी सधैं मेरै लागी सांच्ने..!
सधैं सधैं मेरै लागी बाच्ने... ,
तिमीले कहिल्यै संसारलाई बार्दली बाट
तांकेको मैले देखिन..!
कहिल्यै आंखि झ्याल बाट ,
जिन्दगीको उज्यालो हेर्ने सम्म पनी चेष्टा गरिनौ ..!!
तिम्रा ती लामा सर्लक्क परेका केश हरुले
घुम्रिएको आकार दिईसके..!
मुश्किलले चालिस नकटेकी तिमी
सत्तरीको रुप लीइसके...!!
तैपनी तिमी थाक्दिनौ.... ???
आमा
साच्चै भनन... आमा ????
के तिमी जिन्दगीको स्वाद चाख्दिनौ..???
सधै मलाई उज्यालो दिने प्रयत्नमा..!
सधै मलाई ..उज्यालो दिने प्रयत्नमा..!
तिम्रा कयौं दिन अंधेरोमै बिते,
तिम्रा कयौं रात धिप्प धिप्प उज्यालोमा बिते तैपनी कहिल्यै गुनासो न कतै उजुरी...!!
सधैं तिमी डाडु बनेर हामीलाई दीईरह्यौ
दीईरह्यौ मात्र दीईरह्यौ...!!!
किनकिन आजकल मलाई मेरी आमा र डाडु
उस्तै उस्तै लाग्छ
भनन मलाई आमा ..
तिमी आमा हौ की डाडु ...???
आ=आत्मा सङ्ग जोडिएर
मा =माया गर्ने मान्छे
#आमा
सम्पुर्ण आमाहरु प्रती शत सत नमन
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















