३० बैशाख, हेटौंडा । जिल्लामा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्य पूर्वाधारको अभाव हुन थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले निजि क्षेत्रसँग सहयोगको लागि अपिल गरेको छ ।
बुधबारको बैठकले निजी क्षेत्रलाई स्वास्थ्य पूर्वाधारको लागि समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको हो । अहिलेको स्वास्थ्यकर्मी र स्वास्थ्य पूर्वाधारले बढ्दो संकटलाई सम्बोधन गर्न नसक्ने भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला भित्र सञ्चालनमा रहेका औद्योगिक प्रतिष्ठानहरुले उद्योग संघसँगको समन्वयमा स्वास्थ्य पूर्वाधारहरु व्यवस्थापन गर्ने र थप स्वास्थ्यकर्मी खटाउन आवश्यक सहयोग गर्ने योजना बनाइने निर्णय भएको छ ।
स्वाथ्यकर्मीको व्ययवस्थापनका लागि यस अघि नै स्थानीय सरकारसँग केन्द्रले आग्रह गरिसकेको छ । यस्तै, हेटौंडा अस्पतालमा अक्सिजन अभाव हुन नदिन अक्सिजन व्यवस्थापन समिति गठन भएको छ ।
हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिलिप श्रेष्ठ र हेटौंडास्थित तीन वटै अक्सिजन सप्लायर्सका प्रमुखहरु सदस्य रहने समिति गठन भएको छ । समितिले जिल्लामा आवश्यक पर्ने अक्सिजनको आंकलन र नियमित आपुर्तिको व्यवस्था मिलाउने प्रजिअ पाण्डेले जानकारी दिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












