Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल सुपर लिगको उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै

184140345_419889559344732-1621039435.jpg

१ जेठ, हेटौंडा । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुदैछ । पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षकले उपाधि आफुहरुले जित्ने दावी गरेका छन् । 
दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । 
काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने दावी गरे । यस्तै काठमाडौंका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने योजना सहित खेल्ने बताए । 
अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलको साथ फाइनल खेलमा मैदान उत्रने धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले बताएका छन् । उनले प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने दावी गरे ।
यसैगरी धनगढीका आईकोनिक खेलाडी तथा कप्तान किरण कुमार लिम्बुले फाइनल खेल निकैनै प्रतिस्पर्धात्मक हुने उल्लेख गर्दै उपाधि जित्नका लागि खेल्ने प्रतिक्रिया दिएका छन् । 
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई पराजित गर्दै काठमाडौं फाइलनमा पुगेको हो । त्यसअघि पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार