Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ६ मा २७ सदस्यीय कोभिड रेस्पोन्स कार्यदल गठन

186334691_440061223332382-1621126067.jpg

२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन भएको छ । कोरोना भाईरसको जोखिम र यसको न्यूनिकरणका लागि वडा तहबाट पहल गर्ने उदेश्यले कार्यदलको गठन गरिएको हो । 
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक रहने गरी वडामा रहेका टोलविकास संस्था र क्षेत्रगत रुपका व्यक्तिहरुको पहिचान गरी २७ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलको सहसंयोजकमा भरत सापकोटा र सदस्य सचिवमा हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख टिएन ढुंगेल रहेका छन् ।
शनिबार सामाजिक दुरी कायम गर्दै बसेको बैठकले निर्माण गरेको कार्यदलमा गौरीटार क्षेत्रबाट बासु खतिवडा, शोभा खतिवडा, हात्तिलेटबाट समाधान सापकोटा, लक्ष्मण पौडेल, सुपेन्द्र खनाल, रामनगर पन्ध्रविगाह क्षेत्रबाट भावना रिजाल, विजय पौडेल सदस्य रहेका छन् । यस्तै कल्याणटार क्षेत्रबाट सरिता मिश्र, विश्वराज राई, पुतलीबजारबाट रुपेश दुलाल, न्यूरेनीबाट गुप्तप्रसाद पौडेल, लव राई, रहेको सदस्य सचिव ढुंगेलले जानकारी दिए । 
यसैगरी चौघडा चुच्चेखोलाबाट रामहरि तिमल्सिना, पवन दुलाल, शोभा घिमिरे, गौरव पराजुली केशव धिताल, शोनी गुरुङ, पुष्पराज पराजुली, निलाम्बर सापकोटा, वडा सदस्य राजकुमार बास्तोला, प्रहरी चौकी चौघडा र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालका प्रतिनिधि सदस्य रहेका छन् ।
कार्यदल गठन भएको पहिलो दिनमै संक्रमितहरुका लागि सहयोग र परामर्श एवम् राहत कार्यका लागि २५ हजार रुपैयाँ नगद संकलन भएको छ । कार्यदलमानै रहेका सदस्यहरुबाट उक्त रकम संकलन भएको हो । कार्यदललाई हेटौंडा १७ चुच्चेखोलाका युवा व्यवसायी उदय विडारीले २ सय लिटर डिजल, १० बोरा चामल र १ बोरा दाल सहयोग गरेका छन् । 
हालसम्म हेटौंडा ६ मा ५५ जना संक्रिय संक्रमित रहेका छन् । सबै संक्रमितहरुसंग प्रत्यक्ष रुपमा स्वास्थ्य चौकीले सम्पर्क एवम् समन्वय गरिरहेको कार्यदलका सदस्य सचिव एवम् स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार