Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोरोना संक्रमितको सेवामा गौरीटार आइसोलेशन

Text-Over-Photo1621160126-1621160072.jpg

सुनिल शिवाकोटी 

२ जेठ,हेटौंडा। गत वर्षको तुलनामा यस बर्ष पनि कोरोना भाइरस(कोभिड-१९)को दोस्रो भेरिएन्ट नेपालमा पनि तिब्र रुपमा फैलिएको छ। दैनिक सरदर ८ हजार भन्दा बढी संक्रमित थपिएका छन भने एक सय भन्दा बढी संक्रमितको मृत्यु हुनेगरेको छ। मकवानपुरमा पनि कोरोना संक्रमित मानिसको संख्या वृृृृदि हुुुदै  गएको छ। संक्रमित व्यक्ती होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहदै आएका छन। 

मकवानपुर र हेटौंडामा कोरोना संक्रमितलाई व्यवस्थित गर्न प्रदेश सरकारले हेटौंडा अस्पतालमा र गाउँपालिकाले पालिकामै आइसोलेशन निर्माण गरेर सेवा दिइरहेका छन।सोही क्रममा हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा-६ मा गौरीटार आइसोलेशनबाट कोरोना पोजेटिभ भएका बिरामीलाई सेवा दिदै आएको छ।हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा रहेको हेटौंडा-६ गौरीटार आइसोलेशनमा आइतबार दिउँसो सम्म ३५ जनामा कोरोना संक्रमित बिरामीले सेवा लिइरहेका छन।जसमा १२ महिला र २३ पुरुष  रहेका छन।आइतबार दिउँसो सम्म ३१ जना आइसोलेट भएका बिरामी कोरोना मुक्त भएर घर गएका गौरीटार आइसोलेशनका प्रमुख डाक्टर रवीराज देवकोटाले प्रष्ट खबरलाई बताए।आइतबार दिउँसो सम्म आइसोलेशनमा रहेका तर अक्सिजनको मात्र घट्दै गएका १९ जना जटिल संक्रमितलाई हेटौंडा अस्पताल रिफर गरिसकिएको डाक्टर देवकोटाले बताए। 

कस्तो छ त आइसोलेशनमा स्वास्थ्यकर्मी र सुरक्षा व्यवस्था

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा सञ्चालित उक्त आइसोलेशनमा १ जना एमबिबिएस।एमडि डाक्टर ३ जना प्यारामेडिक्सले आइसोलेट भएका बिरामीलाई २४ सै घण्टा सेवा दिदै आएको आइसोलेशन प्रमुख डाक्टर रवीराज देवकोटाले बताए। आइसोलेशनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको र हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले पनि सुरक्षा र आवश्यक कुरामा  समन्वय गर्ने गरेको उनले बताए।आइसोलेशनमा जम्मा भएको फोहोरलाई आइसोलेशनको कम्पाउन्ड भित्रै खनेको खाडलमा व्यवस्थापन गर्ने गरेको र संक्रमितको लुगा वासिङमेसिनमा धुने गरेको,कोरोना संक्रमितलाई ६ वटा आवश्यक औषधी नियमित दिने गरेको र थप औषधी आवश्यक पर्दा स्वास्थ्य अवस्था हेरर दिइने गरेका छौ-डाक्टर देवकोटाले भने। 

डाक्टर देवकोटाले आइसोलेशनमा संक्रमित ल्याउन र अस्पताल लैजान र डिस्चार्ज भएर घर जानेलाई छुट्टै एउटा एम्बुलेन्सको व्यवस्था रहेकोले त्यसमै लैजाने ल्याउने गरेको बताए। अहिले आइसोलेशनमा साना ठूला गरी १५ थान अक्सिजन सिलिन्डर रहेको र केही खाली भएर भर्न पठाएको बताए। 

आइसोलेशमा वडा कार्यालय र संघ संस्थाको पनि सहयोग

उपमहानगरपालिकाले व्यवस्थापन गरेपनि गौरीटार आइसोलेशनलाई  वडा कार्यालय र संघ संस्थाले पनि सहयोग गर्ने गरेको छ। आइसोलेशन प्रमुख डाक्टर रवीराज देवकोटाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर- २,१६ र वडा नम्बर ६ ले पनि सहयोग गर्दै आएको बताए।वडा कार्यालयका वडाध्यक्ष तथा प्रतिनिधि आएका बिरामीलाई अण्डा फलफूल तथा पौष्टिक आहार सहयोग गर्ने गरेको तथा सहयोगी मन नेपाल संस्थाले पानी फलफूल,दुध सहयोग गरेको डाक्टर देवकोटाले भने।त्यसैगरी उनले नगर प्रमुख तथा उपप्रमुखले हिजो(शनिबार)आइसोलेशनको अनुगमन गरेर सेवामा कम्परमाईज नगर्न भनेको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार