Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक्सपर्टले दियो भरतपुर अस्पताललाई ४ लाखको अक्सिजन सिलिन्डर

Screenshot_20210516-22285-1621183401.jpg

२ जेठ,भरतपुर। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ ।एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर अस्पताललाई सहयोग गरेको हो । 

एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन आज बिहान  अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ। 

एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले भरतपुर–१ रामनगरमा रहेको स्वर्गद्धारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको बताए । ‘सरकारी अस्पतालमा विपन्नदेखि सबैप्रकारका परिवारका बिरामीहरुको उपचार हुन्छ, सामान्यस्तरका जनता अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ - अधिकारीले भने ।

उनले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने जानकारी दिएका छन।अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए । 

त्यसैगरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले अहिलेको बेला सिलिण्डर पाउनै मुश्किल भएको बेला एक्सपर्टले सहयोग गर्नु सह्रानिय कार्य भएको बताए ।उनले सिलिण्डरसंगै रिफिलको व्यवस्था समेत गरेकाले एक्सर्टलाई धन्यवाद दिएका छन। 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।अष्ट्रेलिया लगायत वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सर्टले शैक्षिक क्षेत्रसंगै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार