Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आज २८ औं मदन–आश्रित स्मृति दिवस, हत्याको छानबिन अझै हुन सकेन

Madan-Bhandari-and-Jibraj-1621221881.jpg

google

३ जेठ, हेटौंडा । नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । 
नेता द्वयको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । नेकपा एमालेभित्र अहिलेपनि जबज लाई लिएर बहस हुने गरेको छ । 
एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले जन नेता भण्डारी र आश्रितको स्मृति दिवसमा एक वक्तत्व्य जारी गर्दै जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । 
यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै दास ढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । स्मृति दिवसको अवसरमा नेता नेपालले एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने उल्लेख गरेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg