Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा कोरोना महामारीमा सामाजिक अभियन्ताहरुको सक्रियता

Screenshot_20210517-09424-1621223812.jpg

सुनिल शिवाकोटी

३ जेठ,हेटौंडा । कोरोना महामारी विरुद्धको अभियानमा मकवानपुरका सामाजिक अभियन्ताहरुले सक्रियता देखाएका छन् । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण एवं उपचारमा मकवानपुरका केही सामाजिक संस्था र ति संस्थामा आवद्ध सामाजिक अभियन्ताहरु सक्रिय रहेका हुन् ।

हेटौंडामा रहेका लायन्स र लियो क्लव, नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, सहयोगी मन नेपाल जस्ता संस्थाहरुले कोरोना महामारीमा सहयोगको काम गरिरहेका छन् । लायन्स र लियो क्लवले जिल्ला प्रहरी कार्यालयमा अक्सिजन बैंक स्थापना गरेको छ । बैंकबाट आइतबारसम्ममा ८० जनाले अक्सिजन सिलिण्डर प्राप्त गरेका छन् । बैंकबाट कोरोना संक्रमितलाई पहिलो प्राथमिकतामा राख्दै दम, बाथ लगायतका रोगीलाई पनि निःशुल्क अक्सिजन सलिण्डर प्रदान गरेको लियो अक्सिजन बैंक संयोजक राजेश वाग्लेले जानकारी दिए । लायन्समा आवद्ध सामाजिक तथा व्यवसायिक व्यक्तित्वको सहयोगमा अक्सिजन सिलिन्डर व्यवस्था गरेको गरेको जनाईएको छ । 

हाल ३६ सिलिन्डर र आइतबार थप भएको ४० सिलिन्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा भर्नको लागि विराटनगर पठाइएको छ । ति सिलिण्डर सोमबार राति आईपुगेपछि पुनः समस्यामा परेकाहरुलाई वितरण गरिने वाग्ले बताए । अक्सिजन सिलिण्डर निःशुल्क प्राप्त गर्नका लागि चिकित्सकको प्रेसक्रिप्सन, कोरोना पोजेटिभ रिपोर्ट र नागरिकताको फोटोकपी आवश्यक लिने गरिएको उनले बताए । सामाजिक अभियानबाट सहयोग हासिल गरेकाहरुको खुशीले आफुहरुलाई थप काम गर्ने प्रेरणा मिलिरहेको वाग्लेको भनाई छ ।

त्यस्तै, नेपाली कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समिति मकवानपुरले पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा काम गर्दै आएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँको निर्देशनमा खटिएको समितिले अग्रपंक्तिमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई मास्क, सेनेटाईजर, ग्लोभ्स जस्ता स्वास्थ्य सामग्री वितरण गरेको छ । त्यस्तै, हेटौंडा अस्पतालका सुरक्षाकर्मीहरुका लागि पुनःप्रयोग गर्न मिल्ने पिपिई सेट सहयोग गरेको छ । 

त्यस्तै, आइतबार पूर्वी नवलपरासी पुगेर प्रशासन र प्रहरीको समन्वयमा ४० थान अक्सिजन भरिएको सिलिण्डरको व्यवस्था गरेको समितिका संयोजक उत्सव इटेनीले जानकारी दिए । नेपाली कांग्रेसले कोरोना महामारी विरुद्धको अभियानमा राज्यलाई सहयोग गरेको उनले बताए । कोरोनाको काममा भईरहेका कमजोरीको बारेमा खबरदारी गर्ने र राज्यका विभिन्न निकायलाई सबै खाले सहयोग गर्ने काम समितिले गरिरहेको इटेनीको भनाई छ । 

सहयोगी मन नेपालले निरन्तर कोरोना महामारीको समयमा समस्या परेकाहरुलाई आर्थिक, खाद्यान्न, स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । संस्थाले पत्रकारहरुलाई मास्क, पोषण प्याकेज, अलपत्र परेकाहरुलाई उद्धार र खाना खुवाउने काम समेत गरेको छ । विपदको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको संस्थाका अध्यक्ष केदार चौलागाईले बताए । आफुले व्यक्तिगत रुपमा थालेको कामलाई विभिन्न सामाजिक व्यक्तित्वले समेत सहयोग गरिरहेको उनको भनाई छ । चौघडा क्षेत्रमा समुदायस्तरबाट रेस्पोन्स टिम गठन गरेर सहयोग काम थालिएको छ । यसले कोरोनाविरूद्धको काम, उपचार, राहत र उद्धारको काम गर्ने हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बताए । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा संघीय र प्रदेश सरकारको काम अपर्याप्त भईरहेको गुनासो आईरहँदा यस्ता सामाजिक अभियन्ताहरुले कोरोना र अन्य रोगका विरामीहरुलाई राहतको काम गरिरहेको भन्दै प्रशंसा समेत भईरहेको छ । उनीहरु जस्तै अन्य संस्थाहरुले पनि विपदको यस अवस्थामा सहयोग गर्नुपर्ने माग समेत भईरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार